Government of Nepal Logo
Government of Nepal Logo
Madhesh Province Government

Ministry of Education and Culture

Janakpurdham, Dhanusa

Madhesh Province Government

Ministry of Education and Culture

Janakpurdham, Dhanusa

Work Description and Area of Ministry 2079-04-09

शिक्षा तथा संस्कृति मन्त्रालयः-

       (मिति 2080/06/16 गतेको निर्णयानुसार)

  1. प्रदेशस्तरको विश्वविद्यालय तथा उच्च शिक्षा सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन,
  2. प्रदेशस्तरको शिक्षा सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन,
  3. शैक्षिक परामर्श सेवाको मापदण्ड निर्धारण, अनुमति तथा नियमन,
  4. प्रदेशस्तरमा पुस्तकालय सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन,
  5. प्रादेशिक शिक्षा, प्राविधिक तथा व्यवसायिक तालीम र छात्रवृत्ति सम्बन्धी नीति, कानून तथा मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन तथा पाठ्यक्रम, पाठ्य पुस्तक तथा पाठ्य सामाग्री निर्माण, उत्पादन र वितरण,
  6. प्रदेशस्तरको शैक्षिक मानव संसाधनको आवश्यकता प्रक्षेपण तथा शैक्षिक योजना निर्माण र कार्यान्वयन,
  7. प्रदेशस्तरमा शिक्षकको सेवा शर्त, योग्यता, क्षमता र शिक्षक व्यवस्थापनको मापदण्ड निर्धारण र नियमन,
  8. माध्यमिक तहको परीक्षा व्यवस्थापन,
  9. प्रदेशस्तरमा प्राज्ञिक अनुसन्धान तथा शैक्षिक तथ्याङ्क व्यवस्थापन,
  10. प्रदेशस्तरमा विज्ञान प्रविधिको विकास तथा विस्तार, सो सम्बन्धी तथ्याङ्क सङ्कलन, प्रशोधन र सर्वेक्षण तथा जनशक्ति विकास र उपयोग,
  11. वैज्ञानिक अध्ययन अनुसन्धान एवम् विज्ञान र प्रविधिको आविष्कार र विकास,
  12. विज्ञान प्लानेटोरियमको स्थापना, सञ्चालन र व्यवस्थापन,
  13. संस्कृतिको विकास सम्बन्धी नीति तथा कानून तर्जुमा, कार्यान्वयन र नियमन,
  14. भाषा, लिपि, संस्कृति, ललितकलाको संरक्षण र प्रयोग सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन,
  15. ऐतिहासिक, धार्मिक, पुरातात्विक, साँस्कृतिक कला र वास्तुकलाको दृष्टिले महत्वपूर्ण स्थल र धरोहरहरुको अध्ययन, अनुसन्धान तथा संरक्षण एवं सो सम्बन्धी नीति र कानून तर्जुमा, कार्यान्वयन,
  16. सांस्कृतिक परम्परा र गुठी अन्तर्गत चलि आएका विभिन्न जात्रा, पर्वहरुको सञ्चालन र व्यवस्थापन,
  17. सङ्ग्रहालय, अभिलेखालय सम्बन्धी नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, पूर्वाधार निर्माण, कार्यान्वयन, व्यवस्थापन र नियमन,
  18. विश्वसम्पदा सूचीमा परेका सम्पदा, प्राचिन स्मारक एवं स्थल र दरवारहरुको संरक्षण, सम्भार, उत्खनन् तथा पुनर्निर्माण तथा व्यवस्थापन सम्बन्धी विषय,


Last Updated : 2081-09-18 04:22:51
© All Rights Reserved to Ministry of Social Development

Developed By : ProActive Developers